Breaking News

चितवनका पाँच दलको मागः अस्पतालमा अक्सिजन, निम्न वर्गीय जनतालाई तत्काल राहत

Banner

चितवन, जेठ ११–

चितवनमा क्रियाशिल पाँच राजनीतिक दलहरुले अस्पतालमा देखिएका अक्सिजनलगायतका स्वास्थ्य समस्या तत्काल समाधान गर्न माग गरेको छ ।

आज (मंगलबार) नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’, नेकपा (एमाले)का अध्यक्ष तेजेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीले संयुक्त विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनजिविका लगायतका तीन बुँदे विषयहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

पाँच दलको यस्तो छ मागः

१. नेपाल सरकारद्धारा गरिएका कोभिड–१९ को निःशुल्क उपचार गर्ने निर्णय कार्यान्वयन गरियोस् । साथै अस्पतालहरुमा देखिएको अक्सिजन, खोप, लगायत, स्वास्थ्य सामग्रीको यथोचित व्यवस्था गरियोस् ।

२. बन्दाबन्दीको कारण प्रभावित मजदुर, किसान, सुकुम्बासी जनताको जिवन निर्वाहका निम्ति तुरुन्त राहतको व्यवस्था गरियोस् ।

३. स्थानीय कृषि उत्पादन तरकारी तथा खाद्य उत्पादनको विक्री वितरण व्यवस्था मिलाइयोस्, साथै महंगी र कालोबजारी नियन्त्रण गरियोस् ।

यस्तै पाँच दलले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई स्वंमसेवी भूमिकामा सक्रिय भूमिका निर्वाह गर्न आफ्ना पार्टी कमिटी, भातृ जनवर्गीय संगठन र शुभेच्छुकहरुमा आह्वान समेत गरेको छ ।

यस्तै पाँच दलले ओली नेतृत्वको सरकारले संविधान र शासन प्रणाली माथि नै गम्भीर प्रहार गर्ने काम गरेको आरोप समेत लगाएको छ । विज्ञप्तीमा भनिएको छ–‘काम चलाउ हैसियतका प्रधानमन्त्रीले जनप्रतिनिधि मुलक संस्था विघटन गरी मुलुसको संविधान र शासन प्रणाली माथि नै गम्भीर प्रहार गर्ने यस किसिमको कदमले लोकतन्त्र मात्र कमजोर भएको छैन, पटक–पटक संविधानलाई क्षतविक्षत बनाएको छ, । तसर्थ प्रधानमन्त्री र स्वंम राष्ट्रपति समेत अलोकतान्त्रिक, निरकुंश, तानाशाही बाटो हिँड्न खोजेको प्रमाणित भएको छ ।’

पाँच दलले संविधानको मुल मर्म विपरीत प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलोमतोमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको घटनाले गम्भिर ध्यानाकर्षण समेत भएको जनाएको छ । यस्तै पाँच दलले संवैधानिक र राजनीतिक विधिबाट समेत यस प्रकारको अलोकतान्त्रिक, असंवैधानिक र सर्वसत्तावादी कमद सच्याउँदै देशलाई संविधानबाद र लोकतान्त्रिक दिसामा अघि बढाउने अभियानमा सरिक भइदिनु हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, पेशाकर्मीलगायत सम्पूर्ण चितवनबासीमा अपिल गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>