राजनीति

गोली लागेका माओवादी नेता दीपक पाण्डेयको उपचार क्रममा मृत्यु

Banner

कपिलवस्तु,जेठ ११-

कपिलवस्तुमा गत बुधबार गोली लागेर घाइते भएका माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ। युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार सम्भव नभएपछि उनलाई आजै साझ हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। पाण्डेयमाथि गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा समाजवादी विद्धार्थी फोरमका लुम्बिनी प्रदेश अध्यक्ष ओम प्रकाश यादवसहित २ जनालाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>