राजनीति
देउवालाई प्रधानमन्त्री बनाउन चितवनका एमाले सांसद सुरेन्द्र पाण्डेको पनि हस्ताक्षर
चितवन,जेठ १०-
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दर्ता गरेको छ । सर्वोच्च अदालतका संचार विज्ञ किशोर पौडेलले रीट दर्ता भएको र अहिले सनाखतको काम भइरहेको बताएका छन् ।
सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । यसअघि ३० जनाले हस्ताक्षर गर्ने भनिएकोमा २३ जनाले मात्र हस्ताक्षर गरेका हुन । जसमा चितवन क्षेत्र नं. १ बाट निर्वाचित एमाले सांसद सुरेन्द्र पाण्डे पनि छन । एमाले सांसद गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी उपस्थित भएनन ।
यी हुन् नेपाल समूहबाट हस्ताक्षर गर्नेहरू
१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५.कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवी जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा
























