Breaking News

चितवनमा राप्तीका जनप्रतिनिधिको सुविधाको २५ प्रतिशत रकम कोरोना नियन्त्रण कोषमा

Banner

चितवन, जेठ ९-

पूर्वी चितवनको राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा रकम जम्मा गर्ने भएका छन् ।

नगर कार्यपालिकाको पछिल्लो बैठकले जनप्रतिनिधिले पाउने सुविधाबाट २५ प्रतिशत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार एक महिना बराबर पाउने सुविधावापतको २५ प्रतिशत कोषमा अनिवार्य जम्मा गर्ने निर्णय भएको नगर प्रमुख प्रभा बरालले बताइन् । कर्मचारी र शिक्षकलाई भने अनिवार्य भनिएको छैन् । बैठकले उनीहरुलाई इच्छा अनुसार कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख बरालले बताइन् । कोभिडका सम्पूर्ण बिरामीलाई उचित व्यवस्थापन र त्यसका लागि नगरले पहल गर्ने, अस्पतालमा आवश्यक सेवा सुविधाका लागि तत्पर हुने लगायत निर्णय पनि बैठकले गरेको छ ।

राप्तीमा वैशाख यता १५१ जनामा कोभिड पोजेटिभ देखिएको छ भने ३८ जनाले कोभिडलाई जितेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले बताए । ८ जनाले भने कोभिडकै कारण ज्यान गुमाएका छन् । नगर प्रमुख बरालका अनुसार गत चैत २९ गते राप्ती ११ मा भएको सवारी दुर्घटनामा परि घाइते भएका र ज्यान गुमाएकाहरुका परिवारलाई सहयोगका लागि नगरबाट १५ लाख रुपैयाँ सहयोग गर्ने गराउने निर्णय पनि बैठकले गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>