राजनीति

नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन ओलीले यो खेल खेल्दैछनः देव गुरुङ

Banner

काठमाडौं,जेठ ८-

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संसद् विघटन गर्दै निर्वाचन घोषणा गर्नुको पछाडी नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउने गम्भीर षड्यन्त्र अन्तर्गत चालिएको कदम भएको बताएका छन्। राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको संविधानको धारा ७६ (५)अन्तर्गत सरकार बनाउन गरिएका दुवै दाबीहरु खारेज गरेर संसद विघटन गर्ने मन्त्रि परिषदको सिफारिस अनुमोदन गरे संगै विपक्षी मोर्चा आक्रोशित बनेको छ।

त्यहिँ सन्दर्भमा नेता गुरुङले अहिलेको संविधानका अन्तरवस्तु माथि प्रहार गर्न यो कदम चालिएको बताएका हुन्। कार्तिकमा निर्वाचन पनि नहुने दाबी गर्दै गुरुङ भन्छन्, ‘संविधान निष्क्रिय भएको अवस्थामा निर्वाचन हुन हुँदैन। निर्वाचन नभएपछि यो संविधान विफल भयो भन्ने बहाना हुन्छ। त्यसपछि संविधानका अन्तरवस्तुहरूका बारेमा जनमत सङ्ग्रह गरेर मात्रै संविधानलाई क्रियाशील गराउन सकिन्छ भनेर मुलुकलाई जनमत सङ्ग्रहमा लगिँदैछ। त्यो तयारी भइरहेको छ।’

जनमतसंग्रह मार्फत अहिलेको संविधानका अन्तरवस्तुहरु धर्मनिरपेक्षता र संघियता सिध्याउन लागिएको गुरुङले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>