राजनीति

माओवादीले सत्ताकब्जा भन्थ्यो, ओलीले गरेर देखाएः शेखर कोइराला

Banner

काठमाडौं,जेठ ८-

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले चालेका कदमले उनको लोकतन्त्रप्रति कुनै लगाव नरहेको प्रष्ट देखिएको बताएका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले फेरि पनि गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको रहेको भन्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रपति र प्रधानमन्त्री दुवै जना मिलेर सत्ताकब्जा गरेको समेत बताए। ुमाओवादीले पहिले सत्ताकब्जा सत्ताकब्जा भन्थ्यो नि उसले गर्न खोज्यो सकेन र छोड्यो। तर राष्ट्रपति भण्डारीसँग मिलेर केपी ओलीले अहिले सत्ता कब्जा गरेर देखाइदिए, शनिबार संचारकर्मीसंग कुरा गर्दै उनले भने, हेर्नुस् त अख्तियारमा उनकै मान्छे छन् निर्वाचन आयोगमा उनकै मान्छे। राष्ट्रपति उनले जे भन्यो त्यही मान्ने अनि प्रधानमन्त्रीले आफूलाई जे मन लाग्यो त्यही गर्ने संविधान नमान्ने। यही त हो सत्ता कब्जा भनेको ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>