राजनीति

राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयोः काँग्रेस

Banner

काठमाडौं,जेठ ८-

बहुमत सांसदको हस्ताक्षरसहित पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिइएको निवेदन राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेपछि कांग्रेस नेताले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राष्ट्रपतिबाट पदको मर्यादा नराखिएको आरोप लगाएका हुन । ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधानमा च्यात्ने काम गरिन । यिनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’ लेखकले शुक्रवार मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेका छन् ।

राष्ट्रपति भण्डारीले देउवा र केपी शर्मा ओली दुवैले गरेको दावी नपुगेको भन्दै कसैलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइनन् । अब प्रधानमन्त्री ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन र चुनावको मिति घोषणा गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>