राजनीति

खुराफात शिरोमणिले जालझेल गरे प्रतिवाद गर्नुपर्छः बाबुराम

Banner

काठमाडौं,जेठ ७-

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जालझेल गर्ने दुष्प्रयास भए अवसरवादी र प्रतिवाद गर्नुपर्ने बताएका छन्। विपक्षी गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्न शीतल निवास पुगेका बाबुरामले यस्तो बताएका हुन्। राष्ट्रपति भण्डारीले शीतल निवासमा विपक्षी गठबन्धनलाई हस्ताक्षर बुझाउन सजिलै समय नदेएकोतर्फ लक्षित गर्दै बाबुरामले यस्तो ट्वीट गरेका हुन्।

‘धारा ७६ (२) बमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तुपरन्तु जालझेल गरी टार्ने ठाउॅ छैन’, बाबुरामले ट्वीट गरेका छन्, ‘खुराफात शीरोमणिहरूले पुनः जालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी–प्रतिवाद गर्नुपर्छ है।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>