राजनीति

प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेर देउवाको समुहहरु शितल निवासबाट फर्किए

Banner

काठमाडौं, जेठ ७ –

सरकार गठनका लागि आवश्यक सांसदहरूको सङ्ख्या सुनिश्चित गरिएको दाबीकासाथ विपक्षी दलहरू १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएर फर्किएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार नयाँ सरकारको गठनलाई दिएको समय सकिन लाग्दा नेकपा एमालेबाट केपी शर्मा ओली र विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा आआफ्नो दाबी प्रस्तुत गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका भट्टराई(यादव पक्षका सांसद र एमालेका खनाल(नेपाल समूहका नेताहरूको हस्ताक्षरसहित नेताहरू शितल निवास पुगेका थिए।

उनीहरूले नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, नेकपा एमालेको माधव नेपाल ( झलनाथ खनाल पक्षका २६ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका थिए।

यसअघि ‍नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५३ जना सांसदको आफूलाई समर्थन रहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेश गरेर फर्किसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>