Breaking News
गगन थापा भन्छन्ः ‘सयमसीमा अगावै ओलीलाई बिदा गरौँ, राष्ट्रपतिलाई महाअभियोग लगाऔँ’

काठमाडौँ, जेठ ६–
सरकारको सिफारिसमा एकाएक राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि २१ घण्टे समायवधि दिँदै आह्वान गरेपछि नेपाली राजनीति फेरि तातेको छ ।
प्रधानमन्त्री र राष्ट्रपतिको यस्तो हर्कतप्रति विपक्षी दल र कानुनविद्हरुले कडा विरोध जनाइरहेका छन् । यही सन्दर्भलाई लिएर नेपाली काँग्रेसका प्रभावशाली युवा नेता एवंम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सबै दल एकजुट भएर ओलीलाई बिदा गर्ने बेला आएको बताएका छन् । उनले ट्वीट गर्दै राष्ट्रपतिले तोकेका समय सीमा भित्रमै नयाँ सरकार गठन गरेर प्रधानमन्त्री ओलीलाई बिदा गर्नुपर्ने धारणा राखेका छन् । त्यसपछि राष्ट्रपति भण्डारीलाई पनि महाअभियोग लगाएर बिदा गर्नुपर्ने उनको धारणा छ । उनले ट्वीट गर्दै लेखेका छन्–‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो, नेता गण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं । सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
राष्ट्रपति भण्डारीले विज्ञप्ती जारी गर्दै भोलि (जेठ ७ गते) साँझ ५ बजेसम्मका लागि नयाँ सरकार गठनका आह्वान गरेकी छन् ।
























