राजनीति

बादलले दिए मत दिनेलाई धन्यवाद, खिमलाललाई बधाई

Banner

काठमाडौं,जेठ ६-

उपनिर्वाचनमा पराजित भएका एमाले नेता रामबहादुर थापाले विजयी उम्मेदवार खिमलाल देवकोटालाई बधाई दिएका छन् । यस्तै उनले आफूलाई मत दिने सबै मतदाता आभार समेत प्रकट गरेका छन् । ‘आजको राष्ट्रियसभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई’, बादलले सामाजिक सञ्जालमा लेखेका छन् ।

बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदमा आज मतदान भएको थियो । बादल पराजित भएका छन् भने सर्वोच्चको आदेशमा उनको मन्त्री पद अर्को आदेश नहुँदासम्मका लागि गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>