राजनीति

बादल पराजित भएपछि गोकुलले भनेः दूध खुवाएर पालेका साँपले डसेका हुन्

Banner

काठमाडौं,जेठ ६-

रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभाको उपनिर्वाचनमा पराजित भएपछि नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नै पार्टीको माधव नेपाल पक्षप्रति आक्रोश व्यक्त गरेका छन्। राष्ट्रिय सभाको उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशमा एमालेले उम्मेदवार बनाएका थापा विपक्षी गठबन्धनका डा खिमलाल देवकोटासँग पराजित भएका छन्। माधव पक्षीय सांसद तथा स्थानीय जनप्रतिनिधिले मत नदिँदा थापा पराजित भएका हुन्।

थापा पराजित हुनुमा आफ्नै दलका नेताहरु कारक रहेको औंल्याँउदै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । माधव पक्षलाई दूध खुवाएर पालेका सर्पुको संज्ञा दिँदै बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘दूध खुवाएर पालेका साँपले डसेका हुन् । बिपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन, नयाँ सुरुआत मात्र।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>