समाचार
त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको कोरोनाबाट निधन
०

काठमाडौं, जेठ ६ –
त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको आज निधन भएको छ । कोरोना भाइरस संक्रमण देखिएपछि उपचार क्रममा उपप्राध्यापक सुवेदीको निधन भएको हो। सुवेदीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको थियो ।
उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले जानकारी दिएका हुन् । उपप्राध्यापक सुवेदीको निधनको खबरले मर्माहत र स्तब्ध रहेको उनले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























