देश/प्रदेश
८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो थप आन्दोलन गर्ने चेतावनी

काठमाडौं, साउन २० –
राष्ट्रिय जेनजी नागरिका अभियानका आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई विगत ८ दिनदेखि गैरकानुनी तवरबाट हिरासतमा राखिएको संयोजक सुनिल सिंहले बताएका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वौच्च अदालतले कारणदेखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाएका छन् ।
संयोज सिंहले आफ्ना सहकर्मीहरुलाई गत साउन १२ गते माइतिघर मण्डलबाट नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखेको बताउँदै तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरूविरूद्ध‘अभद्र व्यवहारसम्बन्धि’को कसूरमा हिरासतमा राखेको र अनुसन्धानका नाममा प्रतिशोध साँधिएको आरोप लगाउँदै सिंहले भने,‘गृहमन्त्री सुदन गुरुङले गैरन्यायीक तरिकाले आफ्नो व्यक्तिगत प्रतिशोध साँध्नु भएको छ ।’
‘उहाँ देशको गृहमन्त्री हो, गुण्डा हैन, कहिलेसम्म पावरमा रहनुहुन्छ हामी पनि हेरम्ला,’ सिंहले आक्रोश व्यक्त गरे ।
अभियानका प्रवक्ता विर्जन विश्वकर्माले उनिहरुलाई जिल्ला प्रशानसन कार्यलयबाट दोस्रो पटक तीन दिनको म्याद थप गरेर अनुसन्धानका नममा गैरन्यायीक थुनामा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए ।
गिरफ्तार भएको भोलिपल्ट १३ गते नै सर्बोच्च अदालतमा बन्दिप्रत्यक्षीकरण सम्बन्धि रिट हालेको र १४ गते अदालतले कारण देखाउ आदेश मागेको बताउँदै विकले भने, ‘यतिका दिनसम्म पनि बालने सरकार र सुदनजीको मन्त्रालय ‘कानमा तेल हालेर’ सुतेको छ ।’
अभियान्ता सुप्रिया नेपालीले पहिलो पटक पाँच दिन र दोस्रोपटक ३ दिनको म्याद थप गरी आफ्ना साथिहरुलाई विनाकारण दुःख दिइरहको बताउँदै, राजयलाई पूर्वाग्रही नहुन चेतावनी दिइन् ।
नेपालीले आफूहरुमाथि लघुवित्त पीडितहरूलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्ने आरोपको खण्डन गर्दै ‘पीडित जोसुकै भएपनि हाम्रो कर्तव्य भनेको न्यायका लागि सघाउने’ रहेको जिकिर गरिन् ।
‘हामीहरुले समाजको शान्ति र अमनचयानमा खलल पार्ने भन्दा पनि राज्यलाई खबरदारी तथा पीडितको न्यायका लागि बोल्ने हो, तर राज्य हामीरुसँग डराइरहेको छ,’नेपालीको कथन छ ।
उनले अदालतले कारणदेखाउ आदेश दिएको हप्ता दिन वित्दा समेत गृहमन्त्रालय र प्रहरी प्रशासनले दुःख दिने नियतकासाथ ढिलासुस्ति गरेकोप्रति आक्रोश व्यक्त गरिन् । न्यूज बैंक



























