राजनीति
दीपक मनाङे फेरि बने मन्त्री
०
कास्की जेठ ५-
गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) फेरि मन्त्री बनेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्री नियुक्त गरेका हुन् । यद्यपी उनी काठमाडौंमा रहेकाले बुधबारको शपथग्रहणमा भने सहभागी भएनन् ।
यसअघि मुख्यमन्त्री गुरुङले आफ्नो सरकार जोगाउन मनाङेलाई मन्त्री बनाएका थिए । मुख्यमन्त्रीले राजीनामा दिएर नयाँ प्रक्रियाबाट सरकारको नेतृत्वमा आएपछि बुधबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा मनाङेपनि परेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























