राजनीति

बादलको जितले कम्युनिष्ट आन्दोलनमा बल पुग्छ : प्रधानमन्त्री ओली

Banner

काठमाडौं, जेठ ५  –

नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादललाई मत दिन आग्रह गरेका छन्।

बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार थापालाई मत दिन ओलीले आग्रह गरेका हुन । जेठ ६ गते बागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रिय सभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो उम्मेदवार हुनुहुन्छ। उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एक जना वरिष्ठ नेता हुनुहुन्छ,’ ओलीले आज अपिल जारी गर्दै भनेका छन्, ‘उहाँको विजयले कम्युनिष्ट आन्दोलन भावनात्मक एकतामा समेत बल पुग्नेछ। तसर्थ यस निर्वाचनमा एकतावद्ध भएर आफ्ना पार्टीका उम्मेदवारलाई बिजयी बनाउनु हुन आग्रह गर्दछु।’

२०७४ सालमा भएको निर्वाचनमा बादल नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। उनी नेकपा एमाले प्रवेशसँगै माओवादीले कारवाही गरेपछि पद रिक्त भएको थियो।

अध्यक्ष ओलीले आज निकालेको अपिलमा पार्टीका उम्मेदवारबाहेक अरूलाई मत दिनु कल्पनाबाहिरको भएकोसमेत बताएका छन्। यस्ता प्रवृत्ति स्वीकार्य नहुने पनि ओलीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>