राजनीति

जसपा सरकारमा नआउन्जेल पहिलेकै मन्त्री यथावत :प्रधानमन्त्री ओली

Banner

काठमाडौँ ,वैशाख ३१-
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । आज साढे दुई बजे सपथग्रहणपछि प्रधानमन्त्रीले अधिकांश पुरानै मन्त्रीलाई निरन्तरता दिने जानकारी बालुवाटारमा आफूनिकट नेताहरूलाई गराएका छन् ।

प्रधानमन्त्रीसँग भेट गरेका एक एमाले नेताले भने, ‘अब बजेटको तयारी भइरहेको र जसपाको सरकारमा आउने बारे छलफल चलिरहेकाले तत्काल पहिलेकै टिमलाई निरन्तरता दिने कुरा गर्नुभएको छ । सायद अधिकांश पुरानै मन्त्री हुन्छन् ।’

जसपा अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोले तत्काल सरकारमा जानुअघि मधेशका अरु मुद्दा पनि सम्बोधन हुँदा आफूहरुलाई सजिलो हुने बताएकाले कम्तीमा एक महिना मन्त्रिपरिषद् पुनर्गठन नहुने ती नेताले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>