देश/प्रदेश

सरकारले भेन्टिलेटर र अक्सिजनको व्यवस्थापन अझै गर्न सकेन :देउवा

Banner

चितवन,वैशाख ३१-
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीकाे कारण अक्सिजन अभावमा कोरोना संक्रमित बिरामीहरूको दिनौँ मृत्यु भइरहेको बताएका छन्।

आइसियू, भेन्टिलेटर र अक्सिजनको व्यवस्थापन गर्न सरकारले अझै सकेको छैन । ‘सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियू बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा  हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,’ देउवाले शुक्रबार विज्ञप्ति निकालेर भनेका छन्।

साथै देउवाले इद-उल-फित्रको अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना पनि दिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>