राजनीति
एमालेको विवाद हल गर्न कार्यदल बनाउने ओली नेपाल सहमति
०

काठमाडौं,बैशाख ३०-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार दिउँसो दुई बजेदेखि चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् । छलफलमा नेता नेपालले आफूले राखेको ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएका थिए । तर ओली त्यो शर्तमा सकारात्मक भएको नेता नेपालले दावी गरेका छन् । ‘मैले २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्कनुपर्ने तथा २८ फागुनयता भएको निर्णय फिर्ता गर्नुपर्ने कुरा राखेँ’ नेता नेपालले भने, ‘यसमा सकारात्मक जवाफ आएको छ ।’
नेपाल समूहले राखेको शर्त र अध्यक्ष ओलीले लिँदै आएको अडानबीच सहमति जुटाउने जिम्मा भने कार्यदललाई दिइने भएको छ । ‘कार्यदलले नै त्यो सबै काम गर्छ । अब कार्यदल बन्छ’, नेपालले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























