राजनीति

सरकार बनाउन जसपाको भर नपर्नू, मैले राष्ट्रपतिलाई पत्र बुझाइसकेको छुः अध्यक्ष ठाकुर

Banner

काठमाडौं,बैशाख ३०-

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको जसपा स्रोतले जनाएको छ । ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

ठाकुरनिकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गरेका थिए । तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिएका छन् ।

जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>