राजनीति
‘देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्नः एमाले सांसद खरेल
०
काठमाडौं वैशाख ३०-
झापा क्षेत्र नं २ बाट निर्वाचित एमाले सांसद् पवित्रा निरौला खरेलले पनि राजीनामा अस्वीकार गर्नुभएको छ । पार्टीको सरकार हुँदाहुँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन नसकिने खरेलको भनाइ छ । उहाँले भन्नुभयो, ‘राजीनामा गर्नु पार्टी विभाजन गर्नु हो, म विभाजनको पक्षमा छैन, देउवालाई प्रधानमन्त्री बनाउन राजीनामा दिन्नँ ।’
नेकपा एमालेको माधव समूहमा रहनुभएकी सांसद् खरेलले कुनै पनि हालतमा सांसद् पदबाट राजीनामा नदिने बताउनुभयो । ‘म एमालेको पार्टी नेता हो, हामीले यो पार्टी निमार्णको लागि योगदान गरेका छौँ, हामीलाई जनताले जिताएर यहाँसम्म पुर्याएका हुन्, राजीनामा दिने भन्ने त सवाल नै हुदैँन नि,’ उहाँको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























