धादिङ

क्रियाशील पत्रकारहरुलाई प्रेस युनियन धादिङले दियो स्वास्थ्य सामग्री

०
Banner

धादिङ, वैशाख २३–

नेपाल प्रेस युनियन धादिङ शाखाले कोराना संक्रमणको जोखिम कम गर्न जिल्लामा क्रियाशील पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा बढिरहेको नयाँ भेरियन्टको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण धादिङ जिल्लामा पनि फैलिन थालेको छ । जसका कारण नियमित रिपोर्टिङमा हिड्ने पत्रकारहरु जोखिममा रहने भएकाले जोखिम कम गर्न आधारभूत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको युनियनका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए ।

दैनिक संचारमाध्ययमा कार्यरत युनियनका पत्रकारहरुको लागि मास्क, स्यानिटाइजर झोलासहित सामग्री वितरण गरिएको हो । अघिल्लो चरणको कोरानाको महामारीका बेला पनि प्रेस युनियनले जिल्लाका क्रियाशिल संचारकर्मीहरुको लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिइ), मास्क स्यानिटाइजर लगायतका सुरक्षा सामग्री वितरण गरेको थियो ।

जोखिमपूर्ण अवस्थामा रिपोटिङमा जानुपर्ने परिस्थितिका बीच सबै सामग्रीहरु एकै ठाउँमा राख्न मिल्ने झोलासहित स्वास्थ्य सुरक्षाका सामानहरु वितरण गरिएको अध्यक्ष अधिकारीले बताए ।

यसअघि प्रेस युनियन धादिङले बुधबार एक विज्ञप्ती जारी गर्दै कोरोनाको जोखिमका बीच दैनिक समाचार संकलनमा हिड्ने पत्रकारहरुको पेशागत र स्वास्थ्य सुरक्षामा चासो देखाउदै संचारमाध्यमहरुको ध्यानाकर्षण गराएको थियो ।

संचारगृहले पारिश्रमिक नदिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता क्रियाकलाप कोभिड १९ को पहिलो लहरले सिर्जना गरेको लकडाउनमा देखिएको भन्दै यसपटक त्यस्ता क्रियाकलाप नगर्नहुन सबै सम्बन्धित पक्षलाइ युनियन धादिङले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>