धादिङ

कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग पुर्‍याउन प्रेस युनियन धादिङको आग्रह

Banner

धादिङ, वैशाख २२–

नेपाल प्रेस युनियन धादिङ शाखाले कोरोना भाइरस (कोभिड–१९) संक्रमित पत्रकारहरुको उपचार प्रक्रियामा सहयोग पुर्‍याउन संचारगृह एवंम सरोकारवाला निकायलाई आग्रह गरेको छ । शाखा अध्यक्ष पोषनाथ अधिकारीद्धारा बुधबार जारी विज्ञप्तीमा तत्काल सयोग प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको हो ।

विज्ञप्तीमा भनिएको छ–‘कोरोना संक्रमणबाट पत्रकारहरुलाई सुरक्षित राख्न, संक्रमित पत्रकारहरुको उपचार प्रक्रियामा सहयोग पुर्‍याउन संचारगृह, संचारसँग सम्बन्धित संस्थाहरुले तत्काल आफ्नो कार्यक्रम सार्वजनिक गर्न आग्रह गर्दै पुनः स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्ण रुपमा पालना गर्दै सचेत र सजगताका साथ आफ्नो कार्य गर्न हुन आम सञ्चारकर्मीहरुलाई आग्रह गर्दछु ।’

युनियनले आफ्नो कामका शिलशिलामा कोभिड–१९ बाट जोगिन स्वास्थ्य सुरक्षामापदण्डको पूर्ण पालनाका लागि सबै सञ्चारकर्मीहरुमा आग्रह समेत गरेको छ । यस विषम परिस्थितिमा काममा रहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन मिडिया सञ्चालकहरुलाई समेत युनियनले आग्रह गरेको छ । यस्तै युनियनले कोरोनाका बहानामा कोही पनि पत्रकारलाई जागिरबाट निकाल्ने र मानसिक तनाव दिने काम नगर्न मिडिया संचालकहरुलाई आग्रह गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘विभिन्न वहानामा सञ्चारकर्मीहरुलाई बिदामा राख्ने, पारिश्रमिक नदिने, मानसिक तनाव सिर्जना गर्ने जस्ता क्रियाकलाप कोभिड १९ को पहिलो लहरले सिर्जना गरेको लकडाउनमा देखिएका थिए । यस पटक त्यस्ता क्रियाकलाप नगर्नहुन सबै सम्बन्धित पक्षमा आग्रह गर्दछौंँ ।’

कोभिड–१९ को दोस्रो लहरले विश्वभर प्रभाव पारिरहँदा धादिङ जिल्ला पनि त्यसबाट अछुतो रहन सकेको छैन । जिल्लामा दिनप्रतिदिन तिब्र गतिमा संक्रमणको प्रभाव बढिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>