अन्तर्राष्ट्रिय
अर्बपति बिल गेट्स र उनकी पत्नी मेलिन्डाको सम्बन्धविच्छेद
०

एजेन्सी,बैशाख २१-
अमेरिकी धनाढ्य तथा माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्धविच्छेद गरेका छन्। बिल र मेलिन्डाले सामाजिक सञ्जालमार्फत् आफूहरू २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको जानकारी गराएका छन्।
सन् १९९४ मा विवाह गरेका उनीहरूका तीन सन्तान छन्। बिल र मेलिन्डाले सामाजिक कार्य गर्नका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन पनि बनाएका छन्। सम्बन्धविच्छेद भए पनि फाउन्डेसनमा उनीहरूले सँगै काम गर्ने बताएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























