समाचार
राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित
०
काठमाडौं,बैशाख २०-
१२ औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । उनले भन्नुभयो, कोरोना महामारीका कारण हिजो बसेको मन्त्रिपरिषद बैठकले स्थगित गर्ने निर्णय गरेको छ।
महामारी कम भएपछि फेरि सुचारु हुने छ।’ १२ औँ जनगणना आगामी जेठ २५ गतेदेखि असार ८ गतेसम्म गर्ने तयारी थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























