विशेष
निषेधाज्ञाको मौकामा काठमाडौंका सडकमा धमाधम रोड मार्किङ
०

काठमाडौं,बैशाख १९-
सडक विभागले निषेधाज्ञाको मौका पारेर सडक संकेच चिन्ह कोर्ने काम (रोड मार्किङ) गर्न बाँकी स्थानहरुमा काम थालेको छ । सडकमा आवागमन कम भएकाले विभागले मार्किङ थालेको हो ।
काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली यस्तो कामका लागि धेरै संख्यामा मजदुर नलाग्ने भएकाले कोभिड १९ विरुद्ध उनीहरुलाई सचेत बनाएर सावधानीसहित काम भइरहेको बताउँछन् ।
‘जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएरै मार्किङ थालेका हौं,’ उनले भने,’कामदारहरुबीच सामाजिक दूरी कायम राखेर काम हुँदैछ ।’गाडीको चाप घटेका बेला ढुक्कसँग काम गर्न सक्न भएकाले लकडाउनलाई मौकाका रुपमा सदुपयोग गरिएको नेपालीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























