समाचार

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको मृत्यु,कोरोनाको आशंका

Banner

पर्सा,बैशाख १७

पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ।

केहि दिनदेखि कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनको घरमै उपचार गराउने क्रममा मृत्यु भएको हो। उनका छोरा चिकित्सक भएका कारण कोरोनाको परीक्षण नगराई घरमै राखेर उपचार गराएको गाउँपालिकाले जनाएको छ।

एक हप्तादेखि रुघा, खोकी र ज्वरो आएको अवस्थामा उपचार गराउँदै गर्दा आज बिहान साढे २ बजे मृत्यु भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>