चितवन विशेष

कृषि विश्वविद्यालयको दोस्रो दिक्षान्त समारोह वैशाख १४ मा

Banner

चितवन, वैशाख १२–

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनले दोस्रो दिक्षान्त समारोह यही वैशाख १४ (मंगलबार) गर्ने भएको छ ।

विश्वविद्यालयले आज (आइतबार) भरतपुरमा पत्रकार सम्मेलन गरी दोस्रो दिक्षान्त समारोह आयोजना गर्न लागेको जानकारी दिएको हो । विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले स्वास्थ्य मापदण्डको पालना गर्दै दिक्षान्त समारोह गर्न लागिएको जानकारी दिए । ‘चैतमा गर्नु पर्ने समारोह विविध कारणले गर्न सकेनौं, अहिले कुलपतिलगायत सबैको समय मिलेकोले वैशाखमा समारोह गर्न लागेको हौं’–उपकुलपति रेग्मीले भने ।

दिक्षान्त समारोहमा कोरोना भाइरसका कारण पदक प्राप्त गर्ने विद्यार्थी र विद्यावारिधि गरेका सबै विद्यार्थीहरु मात्रै भौतिक रुपमा उपस्थित भई दीक्षित हुने विश्वविद्यालयका रजिष्टार डा.शारदा थपलियाले जानकारी दिइन् । समारोहमा विश्वविद्यालयका तीन वटै संकायको स्नातक तह र स्नातकोत्तर तहमा सर्वाधिक अंक प्राप्त गरि संकाय प्रथम हुने एक÷एक जना विद्यार्थीलाई उपकुलपति पदक, सर्वाधिक अंक ल्याउनेहरु मध्ये सर्वोत्कृष्ठ अंक ल्याई विश्वविद्यालय सर्वप्रथम हुने स्नातकबाट एक जनालाई स्नातकोत्तर तहबाट एक जनालाई कुलपति पदक प्रदान गरिने रजिष्टार डा.थपलियाले जानकारी दिइन् ।

उनका अनुसार तीन शैक्षिक वषमा स्नातक तहको नियमित परीक्षाहरुमा संकाय प्रथम हुने ९ जना विद्यार्थीहरुलाई र स्नातकोत्तर तहको नियमित परीक्षाहरुमा संकाय प्रथम हुने ८ जना विद्यार्थीहरुलाई उपकुलपति पदकद्धारा गरिने छ । त्यस्तै तीन शैक्षिक वर्षमा सर्वोत्कृष्ठ हुने ६ जनालाई कुलपति पदकद्धारा विभूषित गरिने डा.थपलियाले जानकारी दिइन् ।

दोस्रो दिक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका गरी कुल एक हजार २५७ जना विद्यार्थीहरु दीक्षित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा.रेग्मीले जानकारी दिए । पदक प्राप्त विद्यार्थी र विद्यावारिधि गर्न विद्यार्थीहरु बाहेक सबै विद्यार्थीहरुलाई भर्चुअल माध्यमबाट समारोहमा सहभागि हुने उनले बताए ।

दिक्षान्त समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् भने एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (एआइटी) थाइल्याण्डका अध्यक्ष प्रोफेसर डा.इडेन वुन प्रमुख अतिथि रहेन छन् । उनी भर्चुअल माध्यमबाट सहभागि हुने छन् । यस्तै विश्वविद्यालयका सह–कुलपति एवंम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको समेत उपस्थिति रहने छ ।

विश्वविद्यालय अन्तरगत कृषि संकायमा २ हजार ११९, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायमा ५०६ जना, वन विज्ञान संकायमा ६९८ जना गरी कुल ३ हजार ३२३ जना विद्यार्थीहरु अध्ययनरत छन् । तहगत रुपमा स्नातक तहमा २ हजार ५४२ जना, स्नातकोत्तर तहमा ६७७ जना र विद्यावारिधि तहमा १०४ जना विद्यार्थीहरु रहेका छन् ।

नेपालकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा चितवनको रामपुरमा २०६७ असार ३ गते कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्थापना भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>