चितवन विशेष
ठोरीमा भेटिएको मृत पाटेबाघलाई चितवन निकुञ्जको कसरा ल्याइयो
०

चितवन, वैशाख १२-
ठोरीको रामबुद्ध सामुदायिक वन क्षेत्रमा शनिबार फेला परेको मृत पाटेबाघलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरामा ल्याएको छ ।
ठोरी गाउँपालिका–३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।
सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए । मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । बाघको मृत्युको कारण भने खुलीनसकेको उनले जानकारी दिए ।
ठोरीको सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























