Breaking News

देश जटिल अवस्थामा छ, क्षणिक फाइदाको विषयमा सोच्नु हुन्नः नेता पौडेल

Banner

चितवन, वैशाख १०–

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले क्षणिक फाइदाका विषयमा सोच्ने समय नभएको बताएका छन् । नेपाली कांग्रेस रत्ननगर नगरसमितिले उनका भाई गोविन्दराज पौडेलको १२ औं दिनको पूण्य तिथिमा आज (शुक्रबार) आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले देश जटिल अवस्थामा रहेकाले क्षणिक फाइदाका लागि लाग्ने समय नभएको बताएका हुन् ।

लोकतन्त्र र राष्ट्रको स्वार्थका लागि लाग्नु पर्ने भन्दै उनले भने–“हिजोका कुरा छाडौं । अबको पाईला गलत ठाउँमा नपरोस् ।” राष्ट्रलाई सम्झिएर जोखिमबाट राष्ट्रलाई बचाउनु सबैको जिम्मेवारी भएको उनको भनाई थियो ।

देश अझै चुनौतिको संघारमा रहेको बताउँदै उनले पहिचान र राष्ट्रियताको विषयमा सबै एक भएर लाग्नु पर्ने बताए । “अहिले क्षणिक स्वार्थ हेर्ने समय होइन । लामो संघर्षबाट ल्याएको परिवर्तनलाई बचाउन सबै लाग्नु पर्छ ।”–नेता पौडेलले भने । राष्ट्र, पद्वति र व्यवस्थालाई बचाउनका लागि जनता एक हुन आबश्यक रहेको उनको भनाई थियो । शक्ति केन्द्रको खेलले नेपालमा संकट आएको बताउँदै पौडेलले भने–“सबै इतिहास, पहिचान र राष्ट्रप्रति गम्भिर हुनुपर्छ ।”

फरक प्रसंगमा नतो पौडेलले कांग्रेसलाई सबैको भरोसा योग्य बनाउनुे समय आएको भन्दै पार्टी बलियो भए मात्रै नेता बलियो बताए । “अहिले पार्टी भन्दा नेता बलियो बन्न खोज्दा देशले समस्या झेल्नु परेको हो ।”–नेता पौडेलले भने ।

नेता पौडेलले स्वर्गीय भाइको सम्झना गर्दै आफूले ठूलो सहयोगी गुमाएको बताए । कुशल संगठक र नेतृत्व गर्न सक्ने भाइ गुमाउँदा आफूले मात्र नभएर देशलेनै क्षति व्यहोर्नु परेको उनको भनाई थियो ।

नेपाली कांग्रेस रत्ननगर नगर सभापति रुपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जी सभामा नेपाली कांग्रेसका वैकल्पिक केन्द्रिय सदस्य किरण पौडेल, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापतिहरु टेकप्रसाद गुरुङ्, रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, वागमती प्रदेश सभा सदस्य बलराम पौडेल, मिलनबाबु श्रेष्ठलगाएतले स्वर्गीय पौडेलको योगदान बारे चर्चा गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>