Breaking News

त्रिकोणात्मक टि–२० सिरिजः मलेसियाविरुद्ध नेपाल ६९ रनले विजयी

Banner

काठमाडौं, वैशाख ९–

काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० सिरिजको राउण्ड रोविन अन्तरगतको अन्तिम खेलमा नेपाल ६९ रनले विजयी भएको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियालाई ६९ रनले पराजित गर्दै शीर्ष स्थानमा रहन सफल भयो ।

नेपाल ६ अंकका साथ शीर्ष स्थान, नेदरल्याण्डको ५ अंक र मलेसिया १ अंकका साथ अन्तिम स्थानमा रह्यो । प्रतियोगिताको फाइनलमा शनिबार नेपाल र नेदरल्याण्ड भिड्ने छन् ।

आज मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले व्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रन बनाउँदै अलआउट हुन पुग्यो । उसका लागि अमिनुदिन राम्लेले सर्वाधिक ४१ रन बनाए । सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि उनले १८ बलमा १ चौका र ५ छक्का प्रहार गरे । यस्तै कप्तान अहमद फेजले ३१ रन बनाए । सुशन भारीको बलमा क्याच आउट हुनुअघि फेजले २१ बलमा ४ छक्का र एक चौका प्रहार गरे । यस्तै फित्रि सामले १४, विरनदिप सिंहले १३, मुहम्मद वाफिकले १२ रन बनाए । मलेसियाका दुवै ओपनर नेपाली बलरसामु निरिह बने । सायद अजिज ४ र अनवार अरुदिन ६ रनमा आउट भए । यी दुवै ओपनरलाई सोमपाल कामीले आउट गरे ।

नेपालका लागि डेब्यु गरेका कमल सिंह ऐरीले ३, सोमपाल कामीले ३, सन्दीप लामिछानेले ३, सुशन भारीले एक विकेट लिए । टि–अन्तर्राष्ट्रियमा डेब्यु गरेका कमल सिंह ऐरीले किफायती बलिङ गरे । ३.१ ओभर बलिङ गरेका कमलले मात्र १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए । यस्तै सोमपालले ४ ओभरमा १ मेडन राख्दै २० रन मात्रै खर्चिए । सन्दीपले ४ ओभरमा ४२ रन खर्चिएका थिए भने भारीले ३ ओभरमा ३५ रन खर्चिएका थिए । करन केसीले विना विकेट ४ ओभरमा २७ रन खर्चिए भने दीपेन्द्रले १ ओभरमा विना विकेट ७ रन खर्चिए ।
यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।

नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । विस्फोटक पारी खेलेका करनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन बनाए । उनी सायद अजिजको बलमा क्याच आउट भए ।

ओपनर आशिफ सेखले ४२ रन बनाए । ३२ बल खेलेका आशिफले ३ चौका र ३ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले ४१ रन जोडे । २५ बल खेलेका ज्ञानेन्द्रले १ चौका र ४ चौका प्रहार गरे । उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए । १७ बल खेलेका दिपेन्द्रले ५ चौका र १ छक्का प्रहार गरे । युवा अलराउण्डर कुशल मल्ल १९ रनमा अविजित रहे । १० बल खेलेका कुशलले २ छक्का प्रहार गरे । डेब्युसंगै लगातार तीन खेलमा अर्धशतक बनाएर विश्वकिर्तिमान बनाएका ओपनर कुशल भुर्तेल आज भने मात्र १६ रन बनाउन सके । १२ बल खेलेका भुर्तेलले २ छक्का मात्रै प्रहार गरे । उनी मुहम्मद वाफिकको बलमा क्याच आउट भए ।

विकेटकिपर व्याट्सम्यान विनोद भण्डारी ८ रनमा आउट भए । सोमपाल कामी मात्र २ रनमा आउट हुन पुगे । मलेसियाका लागि सायद अजिज, अनवार रहमान र फित्रि सामले समान २–२ विकेट लिए । मुहम्मद वाफिकले १ विकेट लिए ।

आजको खेलमा नेपालका सोमपाल कामी प्लेयर अफ दि म्याच घोािषत भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>