चितवन विशेष

भरतपुरको नारायणी नमुना माविमा अनेरास्ववियुले लगाएको ताला २५ दिनमा खुल्यो

Banner

चितवन, चैत ३१-

भरतपुरको नारायणी नमुना माविमा एमाले निकट अनेरास्ववियुले लेखा शाखामा लगाएको ताला आज २५ औं दिनमा खुलेको छ ।

विद्यालय प्रशासनले अनेरास्ववियुको माग सम्बोधन गरेकोले ताला खोलिएको अनेरास्ववियुका नेता हरि आचार्यले नारायणी अनलाइनलाई जनकारी दिए । विद्यार्थीहरुले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र लकडाउन अवधिको शिक्षक शुल्कको विषयमा विभिन्न माग राख्दै विद्यालयमा तालाबन्दी गरेका थिए ।

विद्यालय प्रशासनले अनेरास्ववियुको मागहरुलाई दृष्टिगत गरी लकडाउन अवधिको मासिक शुल्क महानगरपालिकाले गरेको निर्णयलाई आधार मान्दै मिनाहा गर्ने, कक्षा १ देखि १२ सम्म प्रक्रिया मिलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ । त्यसैगरी विद्यालय प्रशासनले एक शैक्षिक शत्रमा तीन पटक आन्तरिक परीक्षा अनिवार्य लिने, नेपाल सरकारले तोके बमोजिम शिक्षक तथा कर्मचारीलाई सेवा सुविधा उपलब्ध गराउने, विद्यालयका सबै विषयमा प्रयोगशालाहरु थप व्यवस्थित गर्नेलगायतको निर्णय गरेको छ । विद्यालयले माग सम्बोधन गरेकोमा अनेरास्ववियुले विद्यालय प्रशासनलाई आज धन्यवाद पनि दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>