चितवन विशेष

भरतपुरको जितपुरमा महिलाका लागि क्षमता विकास तालिम सुरु

Banner

भरतपुर, चैत २९-

भरतपुर महानगरपालिका–२८ को आयोजनामा जितपुरमा एक हप्ते महिला क्षमता विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।

आज सुरु भएर शुक्रबारसम्म सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बीच वडा कार्यालय भवनमा उद्घाटन गरिएको हो ।

वडा सदस्य एवम् तालिम संयोजक सीताकुमारी बस्न्यातको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य नेत्रप्रसाद आचार्य रहेका थिए । कार्यक्रमको प्रमुख प्रशिक्षक पत्रकार मुकुन्द भुसाल रहेका छन् । सो अवसरमा वडा सचिव बाबुराम अधिकारीले तालिम फलदायी हुने विश्वास व्यक्त गरे । तालिममा करिब २० जना वडावासी महिलाको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>