चितवन विशेष

भरतपुरको समीचोकमा रक्तदान, १०३ जनाले दिए रगत

Banner

चितवन , चैत २९-

रगतको अभाव कम हुन नदिन भरतपुर महानगरपालिका–५ समीचोकमा रक्तदान भएको छ ।

कोभिड–१९ संक्रमणको त्रासका कारण देशका विभिन्न ठाउँमा रगत संकलन प्रभावित भएपछि रगतको अभाव पूरा गर्न रक्तदान गरिएको हो ।
सामाजिक उत्तरदायित्व बहन गर्दै नारायणी बचत तथा ऋण सहकारीले आज रक्तदान कार्यक्रम गरेको हो । सहकारी कार्यालय परिसरमा गरिएको कार्यक्रममा ७२ पुरुष र ३१ महिलासहित १०३ जनाले रक्तदान गरेका छन् ।

संस्थाको २४ औ वार्षिकोत्सवको अवसरमा गरिएको रक्तदानमा सहकारीका सेयर सदस्य, स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको नारायणी बचत तथा ऋण सहकारीका कार्यक्रम संयोजक हरिकृष्ण अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

कोरोना सक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पूरा गर्दै रक्तदान गरिएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका–५ का वडा अध्यक्ष पदमपाणि सुवेदीले रक्तदान जस्तो पुण्य कार्य गरेकोमा प्रसन्नता व्यक्त गरे । रगत दानभन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याए । चितवनमा रगतको अभाव भएको अवस्थामा आफ्नो अमूल्य रगत दान गर्ने स्वयंसेवी, सेयर सदस्य, रक्तदातालगायत अन्य सहयोगीलाई उनले धन्यवाद दिए ।

भित्तेपात्रो विमोचन

नारायणी बचत तथा ऋण सहाकारीको २४ औ वार्षिकोत्सवको अवसरमा नया वर्ष २०७८ को भित्तेपात्रो पनि विमोचन गरिएको छ । सहकारीले चार दिनको वार्षिकोत्सव विशेष कार्यक्रम तालिका अनुुसार २७ गते मोटरसाइकल ¥याली, २८ गते वृहत् सरसफाइ कार्यक्रम, २९ गते रक्तदान कार्यक्रम गरिसकेको छ भने भोलि सोमबार मूलसमारोह , भवन उद्घाटनसहित कार्यक्रमको समापन गर्ने भएको छ । सहकारीमा हालसम्म ११ सय ५५ जना सेयर सदस्य रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>