चितवन विशेष

चितवनका ट्राफिक प्रमुख भट्टको सरुवा,नयाँ प्रमुखमा थापा आउने

Banner

चितवन,चैत २८-

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टको सरुवा भएको छ । उहाँको महानगरीय अपराध महाशाखा टेकु काठमाडौंमा सरुवा भएको हो । चितवनमा नयाँ ट्राफिक प्रमुखको रुपमा भगवानराज थापा आउनुहुने भएको छ । अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट उहाँ सरुवा भएर यहाँ आउन लाग्नुभएको हो ।

उहाँसंगै प्रहरी प्रधान कार्यालयले एकैपटक ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी उनीहरूको सरुवा गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>