देश/प्रदेश

क्यान्सरपीडितको उपचारका लागि सहयोग

Banner

दमौली, २१ चैत-
व्यास साङ्गीतिक समूहले क्यान्सरपीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि रु दुई लाखभन्दा बढी रकम सहयोग गरेको छ । समूहले दमौली, डुम्रे, आँबुखैरेनीमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रु दुई लाख २८ हजार १५५ पीडितको उपचारका लागि सहयोग गरेको हो ।

उक्त रकम समूहका अध्यक्ष मोहनराज आलेले पीडितका बुबा हस्तबहादुर दरैलाई हस्तान्तरण गर्नुभएको छ । क्यान्सरपीडित दरैको उपचारका लागि व्यास–३ घर भई हाल अमेरिका बस्नुहुने उत्तम भट्टराईले रु १० हजार, नारायण पौडेलले रु पाँच हजार, ब्ल्याक स्ट्रोक रेस्टुरेण्टले रु तीन हजार १००, गोरखकाली बोर्डिङ स्कूलले रु २५ हजार, बाराही आवासीय माध्यमिक विद्यालयले रु २१ हजार ९०० सहयोग गरेको युवा अभियानकर्मी सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>