चितवन विशेष
चितवनको दियालो परिवारसहित विभिन्न संघसंस्थाको सहयोगमा ६ बालकको उद्धार

सुरेश अधिकारी
चितवन, चैत १९
चितवनको विभिन्न ठाउँमा अलपत्र परेका ६ जना बालकको उद्धार गरेर संस्थागत पुर्नस्थापनाका लागि हस्तान्तरण गरिएको छ ।
भरतपुर महानगरपालिका–३ आनन्द मार्गबाट निकृष्ट प्रकारको बालश्रम, जोखिम तथा अलपत्र अवस्थामा बसिरहेका ती बालबालिकाहरुको उद्धार गरिएको हो ।
उद्धारमा संलग्न संघसंस्थाहरुमा दियालो परिवारसहित जिल्ला प्रहरी कार्यालय, महिला सेल, वडा प्रहरी कार्यालय, डिसी नेपाल सञ्चार माध्यम र बाल हेल्पलाइन १०९८ रहेका छन् । उद्धार गरिएका बालबालिकाहरुलाई आवश्यक प्रक्रिया पूरा गरी गत चैत ११ गते व्यवहार परिवर्तन र संरक्षणका लागि बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डप काठमाडौँलाई हस्तान्तरण गरियो । परिवारका अध्यक्ष सुरेश खनालले केन्द्रका फोकल पर्सन वा उद्धार टिमका लिडर सन्तोष अधिकारीलाई ती बालबालिका हस्तान्तरण गरेका हुन् । उक्त बालबालिकालाई सडकमा बस्न नपरोस् भनेर संरक्षणको लागि संस्थागत पुर्नस्थापनाको लागि हस्तान्तरण गरिएको दियालो परिवारका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले जनाएका छन् ।
बालबालिका हस्तान्तरण कार्यक्रममा बाल हेल्पलाइन १०९८ प्रमुख माया श्रेष्ठले संस्थागत पुर्नस्थापनको उद्देश्य र प्रक्रियाबारे जानकारी गराइन् ।

























