खेलकुद

विजय खड्गी स्मृति गोल्डकपः क्यामरुन सेमिफाइनलमा प्रवेश

Banner

चितवन, चैत १७–

संघर्षपूर्ण जित निकाल्दै चितवनको नारायणगढमा जारी ‘सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप’ अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (मंगलबार) नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलमा क्यामरुनले हानामी एभरेष्ट क्लब चितवनलाई टाइब्रेकरबाट पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । टाइब्रेकरमा एआरए क्यामरुन ५–४ गोल अन्तरले विजयी भयो । एआरए क्यामरुनका पाँचै खेलाडीले गोल गर्दा एभरेष्टका रोविन श्रेष्ठको प्रहार आकाशियो ।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमा नै एभरेष्टले अग्रता लिएको थियो । जीत मगरले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । खेलमा फर्किन क्यामरुनलाई दोस्रो हाफ नै पर्खिनु पर्‍यो ।

दोस्रो हाफको १७ औं मिनेटमा कप्तान मोउस्साले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काए । क्यामरुनको फिनिङ निकै कमजोर देखियो । खेल अवधिभर एआरए क्यामरुनले एभरेष्टलाई दबाबमा राखेको थियो । गोल गर्ने दर्जन बढी अवसरलाई उसले सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच क्यामरुनका मोउस्सा घोषित भए ।

फाइनल प्रवेशका लागि क्यामरुनले बिहीबार बागमती युवा क्लब सर्लाहीको सामना गर्नेछ । बागमती लेखनाथ युनाइटेड कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । बुधबार पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नुवाकोटको सामना गर्नेछ । आर्मी सुनौलो सँगम युवा क्लब बुटवललाई तथा नुवाकोट सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>