खेलकुद

विजय खड्गी स्मृति गोल्डकपः क्यामरुन सेमिफाइनलमा प्रवेश

०
Banner

चितवन, चैत १७–

संघर्षपूर्ण जित निकाल्दै चितवनको नारायणगढमा जारी ‘सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप’ अफ्रिकन रूट्स एसोसिएसन क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज (मंगलबार) नारायणगढस्थित क्याम्पाचौरमा भएको खेलमा क्यामरुनले हानामी एभरेष्ट क्लब चितवनलाई टाइब्रेकरबाट पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । टाइब्रेकरमा एआरए क्यामरुन ५–४ गोल अन्तरले विजयी भयो । एआरए क्यामरुनका पाँचै खेलाडीले गोल गर्दा एभरेष्टका रोविन श्रेष्ठको प्रहार आकाशियो ।

त्यसअघि निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमा नै एभरेष्टले अग्रता लिएको थियो । जीत मगरले गोल गर्दै एभरेष्टलाई अग्रता दिलाएका थिए । खेलमा फर्किन क्यामरुनलाई दोस्रो हाफ नै पर्खिनु पर्‍यो ।

दोस्रो हाफको १७ औं मिनेटमा कप्तान मोउस्साले गोल गर्दै क्यामरुनलाई खेलमा फर्काए । क्यामरुनको फिनिङ निकै कमजोर देखियो । खेल अवधिभर एआरए क्यामरुनले एभरेष्टलाई दबाबमा राखेको थियो । गोल गर्ने दर्जन बढी अवसरलाई उसले सदुपयोग गर्न सकेन । खेलको म्यान अफ दि म्याच क्यामरुनका मोउस्सा घोषित भए ।

फाइनल प्रवेशका लागि क्यामरुनले बिहीबार बागमती युवा क्लब सर्लाहीको सामना गर्नेछ । बागमती लेखनाथ युनाइटेड कास्कीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस्तै आजको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बुधबारबाट सेमिफाइनल चरणका खेलहरु सुरु हुनेछ । बुधबार पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नुवाकोटको सामना गर्नेछ । आर्मी सुनौलो सँगम युवा क्लब बुटवललाई तथा नुवाकोट सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको बिजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>