कर्पोरेट

एनआईसी एशिया बैँकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक

Banner

चितवन, चैत १७-

एनआईसी एशिया बैँकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।

एनआईसी एशिया बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै यस बैँकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो ।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाइन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

कार्ड प्राप्त गर्नका लागि ग्राहकको केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहकले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैँकले विश्वास लिएको छ । उक्त कार्ड जारी गर्दा बैँकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहकले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५०० अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्ने व्यवस्था गरिएको बैँकले जनाएको छ ।

बैँकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैँक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर एवम् ८० वटा शाखा रहित बैंकिङ मार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैँक हुन पुगेको छ ।

२२ लाख बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैँकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैँकले जनाएको छ । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैँकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानलगायत बैँक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैँक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैँकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>