चितवन विशेष
लायन्स नारायणगढ संगमचोकको अध्यक्षमा भट्टराई
०

चितवन, चैत १५–
लायन्स क्लव अफ नारायणगढ संगमचोकको अध्यक्षमा शरदमणी भट्टराई चयन भएका छन् । क्लबको १८ औं अधिवेशनबाट वर्ष २०२१÷२२को अध्यक्षमा भट्टराई सर्वसम्मत चयन भएका हुन् ।
सन् २००३ मा स्वर्गीय भगवान श्रेष्ठको प्रेरणाद्वारा स्थापित चितवनको पुरानो सामाजिक क्लव लायन्स क्लव अफ नारायणगढ संगमचोकको प्रथम उपाध्यक्षमा घनश्याम न्योपाने, द्धितीय उपाध्यक्षमा सुबीर श्रेष्ठ र तृतीय उपाध्यक्षमा उज्जवल श्रेष्ठ चयन भएका छन् ।
यस्तै क्लवको सचिवमा दीपक काफ्ले, कोषाध्यक्षमा तुलसीराम सापकोटा र सह–सचिवमा मनोज बर्णवाल चयन भएको निर्वाचन समितिका संयोजक तेजनारायण खरेलले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























