समाज

हात छोडेर अन टेस्ट मोटरसाइकल कुदाउँदा एक किशोरको मृत्यु

Banner

सप्तरी,चैत ९ –

सप्तरीमा हात छाडेर तीव्र गतिमा मोटरसाइकल कुदाउँदा दुर्घटना भएर एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । ज्यान जानेमा मोटरसाइकल चालक सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेक कुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराजबाट हनुमाननगरतर्फ तीव्रगतिमा जाँदै गरेको अन टेस्ट मोटरसाइकल सप्तरीको राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिकाका इनरुवाका १५ वर्षीय कौशल कुमार मण्डल घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएकोमा विवेकको उपचारको क्रममा ज्यान गएको र कौशल गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area