Breaking News

आफ्नो शिशुलाई केहिबेर हेरिदिन भनि सम्पर्कविहिन भएकी महिला मृत फेला

Banner

प्यूठान, साउन १८-

एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट निस्किएकी एक महिलाको शव झिमरुक नदीमा फेला परेको छ ।

झिमरुक गाउँपालिका–२ गडेरपानीकी २६ वर्षीया बेदना थापाको शव सोमबार झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार, बिहान करिब १०स्३० बजे थापाले ढाडका एक स्थानीयलाई आफ्नो शिशु केहीबेर हेरिदिन आग्रह गरेपछि सम्पर्कविहीन भएकी थिइन् । त्यसपछि इलाका प्रहरी कार्यालय ओखरकोटबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले खोजतलासका क्रममा उनको शव नदीमा फेला पारेको हो ।

पारिवारिक स्रोतका अनुसार थापा एक महिनाकी छोरीको उपचार गराउन बुटवल जाने भन्दै घरबाट निस्किएकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area