एजेन्सी / विदेशी

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघ्यो

Banner

चितवन,८ चैत- 

अमेरिकामा पछिल्लो २४ घण्टामा ५५ हजार ९०८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख ८२ हजार १२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २ करोड २६ लाख ८३ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ७२ लाख ४३ हजार ६३९ जनामध्ये ८ हजार ७३२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ५४ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ७९२ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ५४ हजार ८१७ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>