Breaking News

एमाले संसदीय दलको बोर्डमा झलनाथ र माधव

Banner

काठमाडौं, चैत ५–

वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल नेकपा एमालेको संसदीय दलको बैठक बहिष्कार गरे पनि सोही बैठकले गठन गरेको बोर्डमा समावेश भएका छन् ।
आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले नेकपा संसदीय बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई राख्ने निर्णय गरेको हो ।
दलका नेता केपी शर्मा ओली अध्यक्ष रहने बोर्ड सदस्यहरुमा नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, सुवास नेम्वाङ, विशाल भट्टराई, सुमन प्याकुरेल, बिमला राई पौड्याल, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, रेखा झा, राजेन्द्र राई, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा छन् ।

यस्तै, भूपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल र विमला विश्वकर्मा पनि बोर्ड सदस्य रहेका छन् । थप तीन जना भने बोर्डको बैठकले चयन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>