देश/प्रदेश
मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश
०
डोटी, ५ चैत-
दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश, ससुरा प्रेम , सासू दुर्गा र उहाँकी बहिनी रम्भा दमाईँलाई पुर्पक्षका लागि थुनामा राख्न आज आदेश दिएको हो ।
गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो । अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























