आगलागी/क्षति

होटलमा आगलागी हुँदा रु ५ लाखभन्दा बढी क्षति

Banner

कञ्चनपुर ,५ चैत-

भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा राखिएको मदिरा, पेय पदार्थ, टिभी, फ्रिज, फर्निचर, इन्भर्टरलगायत सामग्री जलेर नष्ट भएको पीडित थापाले बताउनुभयो ।

राति ९ः३० बजे होटल बन्द गरेर घर हिँड्नुभएका थापालाई माथिल्लो तलामा बस्ने व्यक्तिले राति ११ बजे आगलागी भएको खबर गरेका थिए । स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area