देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
०

काठमाडौं ,साउन १९-
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९३९ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८७, हर्न निषेधमा १८, लेन क्रसमा ३४, अवस्था ठिक नभएको २८, एकतर्फीमा २८ र अन्यमा ६०७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























