खेलकुद

पूर्वीचितवन स्तरीय भलिबलः मिलन युवा परिवार फाइनलमा

Banner

चितवन, चैत ३–

पूर्वी चितवनको खैरहनीस्थित सिमलटाँडीमा जारी ‘स्व.प्रेम गर्बुजा पुन स्मृति पूर्वीचितवन स्तरीय नकआउट भलिबल प्रतियोगिता’ मा मिलन युवा परिवार पिपरा फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको प्रथम सेमिफाइनलमा खेलमा सशस्त्र प्रहरी बल, ३ नं बाहिनी, भन्डारालाई ३–२ को सेटमा पराजित गर्दै मिलन युवा क्लब फाइनल प्रवेश गरेको हो । मंगलबारनै सम्पन्न क्वाटरफाइनल खेलहरुमा विजेता बन्दै रसौली युवा क्लब राप्ती ८, एपीएफ भन्डारा, मगर उत्थान समाज अभियान र मिलन युवा क्लब पिपरा सेमिफाइनल प्रवेश गरेका थिए। बुधबार दोस्रो सेमिफाइनल खेलमा रसौलीविरुद्ध मगर उत्थान समाज अभियान फाइनल प्रवेशका लागि भिड्ने छन् । दोस्रो सेमिफाइनल पछि तेस्रो स्थानको लागि खेल हुने छ ।

बुधबारनै फाइनलको खेल समेत हुने आयोजकले बताएको छ । करवाकेली बाबा आमा समूहको आयोजनामा आयोजित सो प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक कमिटी सदस्य नवीन अधिकारीले जानकारी दिए । त्यस्तै द्वितीय हुने टिमले २० हजार, तृतीयले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>