देश/प्रदेश

राष्ट्रिय दलित पत्रकार संघमा पहाडीसहित ४१ केन्द्रीय कार्यसमिति चयन

Banner

बुटवल, चैत ३ – 

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको केन्द्रीय अध्यक्षमा पुन: विनोद पहाडी चयन भएका छन् । संघको प्रथम राष्ट्रिय महाधिवेशनबाट पहाडीलाई पुन अध्यक्ष बनाइएको हो । महाधिवेशनबाट पहाडीको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, उपाध्यक्षमा मिलन परियार(खुल्ला), महिला उपाध्यक्षमा कमला कुमारी विक (रसाइली) चयन भएका हुन् ।

त्यस्तै प्रदेशगत उपाध्यक्षहरूमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान(प्रदेश २), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), बिनोद परियार(लुम्बिनी), टेकेन्द्र विश्वकर्मा (कर्णाली), करण ताम्राकार (सुदुरपश्चिम), महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, विरू नेपाली, रिता बुढाथोकी(महिला), सिकेन्द्र पासवान(मधेशी) र कोषाध्यक्षमा भीमबहादुर घिमिरे (विश्वकर्मा) चयन भएका छन्।

यसैगरी महिला केन्द्रीय सदस्यहरूमा पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गजमेर, मालती विश्वकर्मा चयन भएका छन्। यस्तै केन्द्रीय सदस्यहरूमा खुल्ला तर्फ प्रेम सुनार, अमर सुनार, राधेश्याम विक, प्रविण ददेल, सरिता बराइली, सावित्री रसाईली, राजेश सुनाम, राजन गाउँले, वसन्त विश्वकर्मा, बसन्त विक(कालिकोट), मानसिंह विश्वकर्मा, पिबि दियाली, संजय सौगात, किसान संगित नेपाली, गणेश चिन्तन, फुलु सुनार चयन भएका छन्। संघको अनुशासन समितिको संयोजकमा मधु शाहि र सदस्यमा भीमबहादुर नेपाली गन्धर्व चयन भएका छन् । समिति दुई वर्षे कार्यकालका लागि चयन भएको हो ।

महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सेजुवाल र बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मिना ढकाललाई पुरस्कृत गरिएको थियो । त्यसैगरी राममाया च्यामे लोक पुरस्कार विष्णु निष्ठुरी, परशु सवरी पत्रकारिता पुरस्कार मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार प्रेम सुनारलाई संघले पुरस्कृत गरेको थियो ।

संघले लोकदोहोरी गायक राजु परियार र गायिका पूर्णकला बि.सी लगायतका कलाकारलाई पनि सम्मान गरेको थियो ।

संघले राष्ट्रिय दलित पत्रकार संघ, नेपालको छाता भित्र गोलबद्ध रहेर सक्रियताका साथ शाखाको गतिविधिहरू सञ्चालन गरेकोले देशभरबाट चितवन शाखा, नवलपुर शाखा, रामेछाप शाखा, रूपन्देही शाखा र सिराहा शाखालाई उत्कृष्ट शाखा घोषणा गरेको हो। संघले उक्त उत्कृष्ट शाखाहरूलाई विशेष कार्यक्रममा सम्मान गरिने संघका महासचिव लक्ष्मण दर्नालले जानकारी दिएका छन्। त्यस्तै प्रदेशहरूको तर्फबाट उत्कृष्ट प्रदेश लुम्बिनी प्रदेश भएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटन भएको महाधिवेशनमा देशभरका झन्डै ४ सय जना दलित पत्रकारहरुको उपस्थित रहेको थियो ।

लुम्बिनी प्रदेशको बुटवलमा तीन दिनसम्म आयोजना भएको महाधिवेशनमा नयाँ नेतृत्व चयन संगसंगै १३ बुँदे बुटवल घोषणा पत्र २०७७ पनि जारी भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>