अन्तर्राष्ट्रिय

भारतमा २५ हजारभन्दा बढी सङ्क्रमित, १६ हजार सङ्क्रमणमुक्त

Banner

नयाँदिल्ली, चैत  १-

 भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ३२० जना सङ्क्रमित भएका हुन् ।

यसअघि एक दिनमा सङ्क्रमितहरुको सङ्ख्या आधा कम भइरहेका बेला अहिले फेरि बढ्दै जान थालेको हो ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६३७ जना कोरोनाभाइरस मुक्त भएको तथ्याङ्क पनि सार्वजनिक गरेको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या एक करोड १३ लाख ५९ हजार ४८ पुगेको अधिकारीहरुले जनाएका छन् ।

कुल सङ्क्रमित मध्ये दुई लाख १० हजार ५२२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड नौ लाख ८९ हजार ८९७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म एक लाख ५८ हजार ६०७ जनाको मृत्यु भएको छ । ती मध्ये १६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म दुई करोड ९७ लाख ३८ हजार ४०९ खोपको उपभोग भएको छ ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषद्का अनुसार शनिबारसम्म भारतमा २२ करोड ६७ लाख तीन हजार ६४१ जनाको कोरोना परीक्षण गरिएको छ । शुक्रबार भने आठ लाख ६४ हजार ३६८ जनाको कोरोना परीक्षण गरिएको छ ।रासस/एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>